७० वर्षीया वृद्धा माइना हस्दाको हत्या

भद्रपुर २५ मंसिर । झापाको मेचीनगर १३ स्थित चारआली नजिकै ७० वर्षीया एक वृद्धाको शव फेला परेको छ । पूर्ब पश्चिम राजमार्गको पाउँपाथीभरा मन्दिर अगाडि कल्भर्टमुनि अर्जुनधारा नगरपालिका ११ निवासी ७० वर्षीया वृद्धा माइना हस्दाको शव फेला परेको हो । उनको वलात्कार पछि हत्या भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

वृद्धाको बलात्कारपछि हत्यामा सम्लग्न भएको आरोपमा भद्रपुर नगरपालिका –४ का ३५ वर्षीय विशाल बिर्जालाई पक्राउ गरेको छ । विर्जा आफैंले कल्भर्ट मुनि वृद्धाको शव फेला परेको भन्दै प्रहरीलाई खवर गरेको बताइएको छ ।

सोधपुछका लागि प्रहरीले वृर्जालाई राखेपछि उनी आफैंले बुधवार राति वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको प्रहरीलाई बयान दिएको प्रहरी उपरीक्षक कोइरालाले बताए । घटनाका बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।