नेपालमा आज १०५६ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ५६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म नेपालमा कुल संक्रमितको संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ । सक्रिय संक्रमितको संख्या घटेर १२ हजार २ सय ४५ मा आइपुगेको छ ।

आज थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या १६ सय ५१ पुगेको छ ।