झापामा आज २३ संक्रमित दुईको मृत्यु
भद्रपुर २४ मंसिर । आज झापामा कोरोना संक्रमण बाट दुई जनाले ज्यान गुमाएका छन् भने ७ महिला र १६ पुरुष गरी २३ जना कोरोना संक्रणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा दमक ३ का ४१ बर्षिय पुरुष र शिवसताक्षी नगरपालिका १० का ८६ बर्षिय पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालयकाअनुसार, कोरोना संक्रमितहरुमा दमकमा ७ जना, बिर्तामोडमा ४ जना, मेचीनगरमा २ जना, भद्रपुरमा ३ जना, बुद्धशान्ति गाप १ जना, अर्जुनधारामा १ जना, बाह्रदशीमा १ जना, कमल गापामा ५ जना र शिवसताक्षीमा १ जना रहेका छन् ।
झापामा कोरोना बाट मृत्यु हुनेको संख्या ११९ पुगेको छ ।