लागू औषधसहित दुइ जना पक्राउ
मेचीनगर । झापाको मेचीनगरमा लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । एक भारतीयसहित पक्राउ परेका दुवै जनालाई प्रहरीले मेचीनगर-७ स्थित गैह्रीगाउँबाट पक्राउ गरेको हो ।
लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो पश्चिम बङ्गाल दार्जिलिङ पानी ट्याङकीका ४२ वर्षीय गंगु सुब्बा र झापा बुद्ध शान्ति गाउँपालिका ३ का ४७ वर्षीय दिलीप कुमार राजवंशीलाई १८ ग्राम लागु औषध खैरो हेरोइन तथा भारतीय २१ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा राखिएको जनाइएको छ ।