गौरीगंजमा महिला हिंसा विरूद्वको अभियान सम्पन्न
गौरीगंज । राष्ट्रिय महिला सशक्तीकरण संस्था गौरीगंजले महिला हिंसा विरूद्वको १६ दिने अभियान आज सम्पन्न गरेको छ । गौरीगंज गाउँपालिकाको वार्ड नं। ६ को सभाहलमा जनचेतनामूलक कार्यक्रम गरि संस्थाले १६ दिने अभियान समापन गरेको हो । संस्थाकि अध्यक्ष फुलवती राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा भएको विभिन्न कार्यक्रम अन्तर्गत गौरीगंज गाउँपालिका वार्ड नं. १ मा मंसिर १८ गते एकदिने जनचेतनामूलक कार्यक्रम, वेलुका गौरीगंज चौकमा दिप प्रज्जवलन, वार्ड नं। २ मा १९ गते, वार्ड नं। ४ मा २० गते र वार्ड नं। ३,५ र ६ मा २१ जनचेतनामूलक कार्यक्रम गरि महिला हिंसा विरूद्वको १६ दिने अभियान सम्पन्न गरेको थियो ।
समापन कार्यक्रममा वार्ड नं। ३ का अध्यक्ष मखना महतो, वार्ड नं। ६ का अध्यक्ष बद्री नारायण यादव, वडा सदस्य उदिमकुमार राई, ईलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक राकेश रेग्मीलगायतले महिला हिंसा दिनानुदिन बढ्दै गएको हुदाँ यसको विरूद्वमा सबैले आआफ्नो ठाउँबाट सकारात्मक भुमिका खेल्नु पर्ने बताएका थिए ।
आर्थिक पहुँचमा, शिक्षा रोजगार र चेतनामा पछि परेका कारण महिलाहरु हिंसामा परेको उनीहरूले बताएका थिए । हाल भइरहेका हिंसामा प्रमुख स्थान घरेलु हिंसा भएको बताउदै हिंसाको सन्र्दर्भमा गरिएका सर्वेक्षणको आधारमा महिलाहरु अफ्नै श्रीमानबाट ८० प्रतिशत र अन्य परिवारका सदस्य एवम् व्यक्तिहरुबाट करीव २० प्रतिशत महिलाहरु पीडित भएको बताइएको थियो । समग्रमा नेपालमा प्रजनन उमेरका ४ जनामा १ जना महिला कुनै न कुनै हिंसामा परेको तथ्याङ्कहरुमा उल्लेख गरिएको छ ।
महिला हिंसा बढ्दै जानुको मुख्य कारण अराजक स्थिति, शिक्षा चेतनाको अभाव, कमजोर सरकारीतन्त्र मदिराजन्य पदार्थको खुल्ला विक्री वितरण र प्रयोग विज्ञापन सर्कस आदिमा महिलाहरुको अर्धनग्न प्रदर्शन, विभिन्न संचारका माध्यमहरु यू ट्युव, गीत सामाजिक सञ्जालहरुमा आएका विकृतिहरु, पारीवारिक वेमेल, बहुविवाह, बाल विवाह, अन्तरजातीय विवाह का कारण विचार भावना संस्कृतिमा मिलन नहुनु र रुप सौन्र्दर्य र धनसम्पत्तिको प्रलोभनमा परेर पनि हिंसाका घटनाहरु बढी रहेका छन्। कार्यक्रममा राष्ट्रिय महिला सशक्तिकरण संस्था गौरीगंजका सचिव पुष्पलता राजवंशीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष शर्मिला राजवंशी, सदस्य गिता नायकलगायत संस्थाको सदस्यहरूको सहभागीता थियो ।