मेची नगरमा दुई दिने अभिमुखीकरण कार्यक्रम

मेचीनगर । मेचीनगर नगरपालिकामा बिहीवारबाट महिला हिंसा विरुद्घको दुईदिने अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्घता, व्यक्ति , समाज र सवैको ऐक्यवद्घता’ भन्ने नारा सहित शुरु अभियानका अवसरमा नगरपालिका महिला विकास शाखाले कार्यक्रम आयोजना गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाको अध्यक्षतामा शुरु कार्यक्रमको प्रमुख अतिथि नगरपालिकाका कार्यवहाक प्रमुख मीना पोखरेल उप्रेतीले व्यानर वाचन गरेर उद्घाटन गरिन् ।

अभिमुखीकरणमा सहभागीहरुलाई पहिलो दिन अधिवक्ता कविता शर्माले लैङ्गिक हिंसा निवारणमा स्थानीय तहको भूमिका बारेमा सहभागीहरुलाई जानकारी गराइन् । अधिवक्ता शर्माले स्थानीय तहमा आएका उजुरीबाट स्थानीय स्तरमा कस्ता प्रकारका लैङ्गिक हिंसा रहेका छन् भनेर हेर्न सहज हुने भन्दैं यसका आधारमा लैङ्गिक हिंसा निवारणका कार्यक्रम बनाउन र परिमार्जन गर्न सहजहुने सहभागीहरुलाई बताइन् ।

कार्यक्रममा कार्यपालिकाका सदस्यहरु, वडास्तरीय मेलमिलाप समितिका पदाधिकारी र महिला तथा बालबालिकाकाक्षेत्रमा क्रियाशील संघ संस्थाका प्रमुख प्रतिनिधिसहित २५ जना सहभागी रहेका छन् ।

शुक्रबार नगरका कार्यवहाक प्रमुख उप्रेतीले कार्यपत्र प्रस्तुत गर्ने तथा नगरपालिकामा हिंसाका घटना कम गर्न कस्तो नीति बनाउने तथा त्यसमा कसरी वजेट विनियोजन गर्ने विषयमा चर्चा हुने छ । उद्घाटन कार्यक्रमको सञ्चालन नगरपालिकाका वरिष्ठ कार्यकारी अधिकृत अनन्तप्रकाश वस्तीले गरेका थिए ।