जनता समाजवादी पार्टी भित्र मतभेद
दमक । पार्टी एकतासंगै प्रदेश तथा जिल्ला तहमा समायोजनको प्रकृयामा रहेको जनता समाजवादी पार्टी भित्र मतभेद देखिएको छ । एकता पार्टीको एक खेमा पूर्व राष्ट्रिय जनता पार्टी प्रदेश १ समितिले एक विज्ञप्ति निकालेर समाजवादी पार्टीले मात्र आफनो अनुकुल प्रदेशमा गतिविधि तीव्र वनाएको भन्दै आपत्ति जनाएको हो ।
पार्टी समायोजन प्रकृया चलिरहेको भएपनि समाजवादीले भने आफनो पार्टीलाई जानकारी विनानै एकिकृत पार्टीको नामबाट विभिन्न गतिविधि हुदैआएकाले त्यस्ता कार्य पार्टी एकता हित विपरीत भएको ठहर गरेको उल्लेख छ ।
पूर्व राष्ट्रिय जनता पार्टी प्रदेश १ समितिका अध्यक्ष फक्तालुङ योङहाङ र मुख्य सचिव सत्यनारायण शाहद्धारा संयुक्त हस्तक्षारित विज्ञप्तिमा पार्टी समायोजन प्रकृयालाई प्रभाव पार्ने गतिविधि नगर्न तथा एकताको मर्म अनुसार अघि बढ्न आग्रह गरिएको उल्लेख छ ।