नेपालका फुटबल क्लबहरुले एएफसी खेल्न नपाउने

काठमाडौं । नेपालका फुटबल क्लबहरुले सन् २०२१ मा हुने एशियन फुटबल महासंघ (एएफसी) को कुनै पनि खेल खेल्न नपाउने भएका छन् । सन् २०२१ का लागि नेपालबाट क्लब लाइसेन्सका लागि आवेदन दिएका सबै क्लबको डकुमेन्ट अपुग भएको भन्दै एएफसीले सबैको आवेदन खारेज गरेको छ । एएफसीको फस्र्ट इन्स्टेन्स बडीले नेपाली क्लवको डकुमेन्टको आधारमा निर्णय गरेपछि नेपाली क्लबले २०२१ मा कुनै पनि एएफसीका प्रतियोगिता खेल्न नपाउने भएका हुन् ।

नेपालबाट १३ वटा एक डिभिजन क्लवले एएफसी लाइसेन्सका लागि आवेदन दिएका थिए । क्लब लाइसेन्सिङका लागि एएफसीले तोकेका मापदन्ड पूरा गर्न नेपाली ‘ए’ डिभिजन क्लबहरू अझै पनि असमर्थ रहेको बताइएको छ । एएफसीले मुख्य गरी ५ बुँदामा लाइसेन्सको मापदण्ड तोकेको छ । तीन बुँदाभित्र १९ वटा सहायक शीर्षक छन् । लाइसेन्स पाउनका लागि क्लबहरूको स्पोर्टिङ गतिविधि आवश्यक छ ।