झापामा आज थपिए ३१ संक्रमित १ जनाको मृत्यु
भद्रपुर १७ मंसिर । झापामा आज एक ब्यक्तिको कोरोना संक्रमण बाट मृत्यु भएको छ भने १० महिलासहित ३१ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा दमक नगरपालिका २ का ६७ बर्षिय पुरुष रहेका सास्थ्य कार्यालयले जनाएको छ । योसंगै झापामा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।
स्वास्थ्य कार्यालयकाअनुसार, कोरोना संक्रमितहरुमा दमकमा २ जना, बिर्तामोडमा ४ जना, मेचीनगरमा ६ जना, भद्रपुरमा २ जना, कनकाइमा २ जना, हल्दिबारीमा १ जना, अर्जुधारामा १ जना, कचनकवलमा १ जना, शिवसताक्षीमा ३ जना, बाह्रदशी गापामा ५ जना र अन्य ४ जना रहेका छन् ।