राष्ट्रिय परिचय पत्र बनाउनेको भीड

भद्रपुर १६ मंसीर । घर–जग्गा किनवेचदेखि सामाजिक सुरक्षाभत्ता लिन तथा बैकिङ्ग कारोबारमा समेत राष्ट्रिय परिचय पत्रको नम्बर कार्यान्वयनमा ल्याउने सूचना सार्वजनिक भएसंगै स्थानीय तहमा राष्ट्रिय परिचय पत्र बनाउने नागरिकको भीड लाग्न थालेको छ ।

तोकिएका कागजात रुजु गर्नुपर्ने, नागरिकता, आवश्यकता अनुसार बसाई सराई, मृत्यु दर्ता जस्ता प्रमाणपत्रहरुको सक्कली नै कागज पेश गर्नुपर्नुे भएपछि कागजात नमिलेका कारण पनि काममा ढिलाई हुँदा नागरिकको वडा कार्यालयहरुमा भीड लागेको हो ।

पालिकाको वडा कार्यालयहरुमा राष्ट्रिय परिचय पत्रको फाराम भर्ने र फोटो खिचाउनेको भीड लाग्न थालेको छ ।