झापाका पालिकाहरुमा आधारभूत अस्पताल

भद्रपुर । दक्षिणी झापाको कचनकवलमा १५ शय्याको आधारभूत अस्पतालको सोबार शिलन्यास गएिको छ । संघीय सरकारले पठाएको बजेटको आधारमा कचनकवल गाउँपालिका ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र बनियानी परिसरभित्र बन्न लागेको हो । गाउँपालिकाका अध्यक्ष अञ्जार आलम र उपाध्यक्ष निमसरी राजवंशीले संयुक्त रुपमा अस्पताल भवनको शिलान्यास गरेका हुन ।

दमक र भद्रपुरमा यसअघि नै ठुला अस्पताल सञ्चालनमा छन् । जिल्लाको ११ वटा पालिकामा आधारभूत अस्पताल शिलान्यास गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार, गौरादह, झापा, बुद्धशान्ति, बिर्तामोड, कनकाई, मेचीनगर, शिवसताक्षी, कचनकबल, कमल, गौरीगञ्ज र हल्दिबारीमा अस्पतालको शिलान्यास गरिएको छ ।