राजावादीहरुको प्रदर्शनमा कोही पनि नजानुहोला
काठमाडौं । एक महिनायता देशका विभिन्न ठाउँहरुमा भइरहेको राजावादीहरुको प्रदर्शनबारे सरकारले मुख खोलेको छ ।
प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले, “यस्ता विषयवस्तुले समाजमा भ्रम छर्ने काम भएको छ । पछिल्लो समय संवैधानिक प्रणाली, लोकतन्त्र र कानुनी शासनविरुद्ध जनता भड्काउने काम भएको छ । त्यो प्रयास भइरहेको छ” उनले अगाडि भने, “प्रतिक्रियावादी र पुनर्उत्थानवादीहरुका यस्ता गतिविधिमा सहभागी नहुन अपिल गर्दछौं ।”
मन्त्री गुरुङले “अहिलेको व्यवस्थाविरुद्ध शिर ठाडो पार्ने काम भएका छन्न्” उनले अन्तिममा भने, “यसमा नलाग्न सर्वसाधरणलाई सरकार आग्रह गर्छ । त्यस्ता गतिविधिप्रति सचेत रहनुहोला । जनता भड्काउने प्रयास भइरहेको छ । प्रतिक्रियावादीको यस्ता गतिविधिमा कोही पनि नजानुहोला ।”