कोचभाषाको कविता संग्रह ‘वैरागी’ विमोचन
भद्रपुर । कचनकवल गाउँपालिका वार्ड नं. ७ फर्साडाँगीमा एक कार्यक्रमका बीच कोच भाषाको कविता संग्रह ‘ वैरागी’ विमोचन गरिएको छ । हास्यव्यंग कलाकार टेक बहादुर राजवंशी र प्रदिप राजवंशीको संयुक्तरूपमा रचित कविता संग्रह ‘वैरागी’ को विमोचन प्राज्ञ पवन राजवंशीले गरेका हुन् ।
कोचबुड कमेडी ईन्टरटेन्मेन्टद्वारा प्रकाशित कविता संग्रह बैरागीमा ५२ वटा कविताहरू रहेका छने ।
हास्यव्यङ्ग कलाकार टेक बहादुर राजवंशी र प्रदिप राजवंशीको कविता संग्रह वैरागी पहिलो कविता संग्रह हो । बैरागी, राजबंशी समाज, फेसबुक, केनंग छिनु केनंग हनु, ए गे भेल्सी, किसान, नारी, जिन्दगी, जय कोचिला, हाम्रा कोच, भ्रष्टाचार, जय नेपाललगायतका शिषर्कमा रचित कविताहरू पठनीय एवं मननयोग्य छन् । रचित कविताहरूमा भएको शब्द चयन र वाक्यहरूको गठनले कोच भाषा साहित्यमा एक ईटा थपिएको कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ पवन राजवंशीले बताए ।
प्राज्ञ पवन राजबंसीको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा राजवंशी समाज बिकास समितका सचिव मुनिलाल राजवंशी , शिक्षक कुवेर प्रसाद राजवंशी, समाजसेवी भरत राजवंशी , शिक्षक टेकनाथ राजवंशीलगायतले सुभकामना मन्तब्य राखेका थिए । बिभिन्न कलाकारहरुको साँस्कृतिक नृत्य एवं गीत प्रस्तुति रहेको कार्यक्रमको अध्यक्षता कोचवुडका अध्यक्ष टेकबहादुर राजवंशीले गरेका थिए । स्वागत मन्तब्य कोचबुड गायक दिल कुमार राजवंशीले गरेका थिए भने कार्यक्रमको सञ्चालन हृदय राजवंशीले गरेका थिए ।