अधिराज्यमा आज १९४५जनामा संक्रमणको पुष्टि
काठमाडौं ५ मंसिर । पछिल्लो २४ घण्टामा १९४५ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । १२९८ जनाको मृत्यु भएको छ भने १ लाख ९१ हजार २ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर २४ हजार ६६५ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १९ हजार १४ जना होम आइसोलेसनमा छन् भने ४०३ जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा ११०७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ८६२, ललितपुरका १७४ र भक्तपुरका ७१ जना छन् । कास्कीका ८८ जना, चितवनका ८७, रुपन्देहीका ६०, सुनसरीका ५५, काभ्रेका ५४, दाङका ५१, संखुवासभाका ३४, झापाका ३३, धनुषा र कैलालीका २४।२४ जना, मोरङका २०, नवलपरासी र दार्चुलाका १९।१९ जना, सिराहा र दोलखाका १७।१७ जना, पाल्पाका १५, धादिङ र नवलपुरका १४ । १४ जना, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा र लमजुङका ११।११ जना तथा बर्दियाका ९ जनामा कोरोना संक्रमण देखिएको छ ।
मकवानपुर र बाँकेका ८।८ जना, उदपयुर, बारा, तनहुँ, स्याङ्जा, कपिलवस्तु र कञ्चनपुरका ७ । ७ जना, ओखलढुंगा, रामेछाप, प्युठान र सल्यानका ६। ६ जना, बाग्लुङ र डडेलधुराका ५। ५ जना, तेह्रथुम, महोत्तरी र गुल्मीका ४ । ४ जना, सोलखुम्बु, सर्लाही र बैतडीका ३ । ३ जना, इलाम, धनकुटा, सप्तरी, सिन्धुली, अर्घाखाँची, दैलेख, सुर्खेत र बझाङका २।२ जना तथा पाँचथर, भोजपुर, पर्सा, रौतहट, पर्वत, म्याग्दी, कालीकोट, रुकुम पश्चिम, अछाम, डोटी र बाजुराका १।१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।