झापामा आज थपिए ३३ जना संक्रमित

भद्रपुर ५ मंसिर । झापामा आज ३३ जना कोरोना संक्रमणाको पुष्टि भएको छ । यसैगरी कोरोना संक्रमणबाट गौरादहका एक जना बृद्ध संक्रमितको मृत्यु भएको छ । गौरादह नगरपालिका वडा नम्बर ८ का ७२ वर्षिय शेषलाल राजवंशीको आज विहान विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले बताए ।

उनका अनुसार ज्वरोसहित खोकी आएपछि विरामीलाई मंसिर ३ गते विराटनगर लगिएको थियो ।अस्पतालमा गरिएको स्वाव नमुना संकलनमा ती बृद्धको हिजो विहिबार संक्रमण पुष्टि भएको थियो ।

यसअघि हिजो बेलुका पनि गौरादह ७ का एक जना ७५ बर्षिय वृद्धको सोहि अस्पतालमा मृत्यु भएको छ । कोरोनासँग लक्षण मिल्ने लक्षण उनको मृत्यु हुनुभन्दा अगाडि गरिएको परीक्षणको रिपोर्ट आउन बाँकी रहेको र लाशलाई अस्पतालमै राखिएको श्रेष्ठले बताए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या गौरादहमा ११ र जिल्लामा ९२ पुगेको छ ।