नेपालमा आज थपिए एक हजार ४४२ जना संक्रमित

काठमाडौँ ३ मंसिर । देशभर पछिल्लो २४ घण्टामा एक हजार ४४२ कोरोना संक्रमित थपिएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख १२ हजार ९१७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ छन् । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ८२२, भक्तपुरका ४८ र ललितपुरका १६८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा तीन हजार ५३८ जना डिस्चार्ज भएका छन् । भने हालसम्म निको हुनेको कुल संख्या एक लाख ८२ हजार ७८० पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार २५९ पुगेको छ ।