आज झापामा ३० जना संक्रमित थपिए ४ को मृत्यु

भद्रपुर ३ मंसिर । झापामा आज चार जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका ९का ७३ वर्षिय पुरुष १, कमल गाउँपालिका ३ का २८ बर्षीय युवक १, दमक नगरपालिका २का ८२ बर्षिय पुरुष १ बुद्घशान्ति गाउँपालिका ३ का ६८ बर्षीय पुरुष एकको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसंगै झापामा कोरोना बाट ज्यान गुमाउनेको संख्या ८८ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यता आज झापामा ३० जना संक्रमित थपिएका छन । त्यसमा ९ महिला र २१ पुरुष रहेका छन् । सवस्थ्य कार्यालयका अनुसार, आज संक्रमण पुष्टि हुनेमा दमकमा ५, बिर्तामोडमा ८ गौरदाहमा २ जना, भद्रपुरमा ९, अर्जुनधारामा २, शिवसताक्षीमा १, कमलमा २ र झापा गापमा १ संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ३ हजार ९४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १०८६ रहेको जनाइएको छ ।