झापामा आज थपिए ६३ जना संक्रमित ३ को मृत्यु

भद्रपुर २८ कात्तिक । झापामा आज कोरोना संक्रमण बाट ३ जनाको ज्यान गएको छ भने ६३ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापले जनाएको छ । योसंगै झापामा कोरोना बाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ । मृत्युहुनेहरुमा, दमक नगरपालिका ६ का८७ बर्षिय पसरुष एक, शिवसताक्षी नगरपालिकाका ६३ बषिबबबृ पुबरष एक र अर्जुनधारा नगरपालिकाका ६१ बबबर्षिय पुरुष एक रहेकाछन् । सक्रिय संक्रमित १०७१ जना रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा दमक नगरपालिकामा २ महिला ११ पुरुष, बिर्तामोड नगरपालिकामा ४ महिला ९ पुरुष, गौरादह नगरपालिकामा २ महिला ३ पुरुष, मेची नगरपालिकामा ३ महिला २ पुरुष, भद्रपुर नगरपालिकामा २ पुरुष, अर्जुनधारा नगरपालिकामा ३ पुरुष, बुद्धशान्ति गाउँपालिकामा १ पुरुष, कचनकवल गाउँपालिकामा ३ महिला ११ पुरुष, कमल गाउँ पालिकामा १ महिला २ पुरुष, शिवसताक्षी नथरपालिकामा २ महिला, बाह्रदशी गाउँ पालिकामा १ महिला र झापा गाउँपालिकामा एक पुरुष रहहेका छन् ।