आज नेपालमा २१११ जना संक्रमित थपिए
काठमाडौँ २८ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या दुई लाख ६ हजार ३५३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार २२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ९८६ रहेको छ । अहिलेसम्म नेपालमा १५ लाख ९३ हजार ८५० वटा पीसीआर नमूना परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या एक हजार २०२ पुगेको छ ।