क्रिकेटका महँगा खेलाडी
एजेन्सी
आइपीएलको १३ औं सिजनको फाइनलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएर पाँचौं पटक उपाधि जित्यो । मुम्बईले ट्रफीसँगै २० करोड भारु र दिल्लीले १२।५० करोड भारुको नगद पुरस्कार पायो । बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डियाले यो वर्षको नगद पुरस्कारलाई आधा गर्ने निर्णय गरेको थियो जुन पछि फेरिएको थियो ।
रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) का कप्तान विराट कोहलीलाई फ्रेन्चाइजीले एक सिजनका लागि १७ करोड भारु दिन्छ । यद्यपि, सीजनको लीलामीमा अष्ट्रेलियाली तेज बलर पेट कमिन्स सबैभन्दा महँगा १५।५ करोड भारुमा बिकेका थिए । उनलाई कोलकाता नाइट राइडर्सले खरिद गरेको थियो ।