मंसिर ३० गतेसम्मलाई सीमा नाका बन्द
काठमाडौं २७ कात्तिक। सरकारले अन्तर्राष्ट्रिय सीमा नाका एक महिना अझै बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले मंसिर ३० गतेसम्मलाई सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कात्तिक ३० गतेसम्म जारी प्रतिबन्ध एक महिना थपिएको जानकारी दिएका छन् । २०७६ चैत ११ गतेदेखि देशमा लकडाउन गरेयता सरकारले अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्दै आएको छ ।