सिटौला होम आइसोलेसनमा

काठमाडौं २७ कात्तिक । कांग्रेस नेता कृष्णप्रसाद सिटौला होम आइसोलेसनमा छन् । केही दिनअघि केन्द्रीय कार्यसमिति बैठकका लागि गरिएको कोरोना परीक्षणका क्रममा सिटौलाकाृे सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । हिजो स्वाब दिनुभएको छ । आज रिपोर्ट आउने बताइएककको छ ।

त्यसैले, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ । आज बिहीबार दिउँसो १ बजेको लागि तय भएको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि सरेको पार्टी मुख्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । ‘पार्टी उपसभापति विमलेन्द्र निधिज्यु र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ज्यु होम आइसोलेसनमा भएकोले बैठक सरेको हो,’ उनले भने, ‘उहाँहरुले हिजो स्वाब दिनुभएको हो । आज रिपोर्ट आउँछ । अनि भोलि शुक्रबार बैठक बस्छ ।’