अस्ट्रेलियामा विद्यार्थीहरूका लागि प्रवेश खोल्ने तयारी

एजेन्सी

अस्ट्रेलियाका कार्यवाहक अध्यागमन मन्त्री एलन टजले अस्ट्रेलिया प्रवेश खोल्ने तयारी भइरहेको जानकारी दिएका छन् । टजले कोभिड(१९ का कारण पछिल्लो आठ महिनादेखि सर्वसाधारण र विद्यार्थीहरूका लागि बन्द अस्ट्रेलियाको बोर्डरलाई प्राथमिकताका सुचिमा राखेर सुरक्षित वातावरणमा खोल्ने गृहकार्य भइरहेको बताएका छन् । उनका अनुसार, सबैभन्दा पहिला भिषा लागेर बसेका अन्तराष्ट्रिय विद्यार्थीलाई सुरक्षित रुपमा बिस्तारै अस्ट्रेलिया आगमन खोल्ने बताएका छन् । “पर्यटक र सर्वसाधारणको हकमा कोभिडबाट सुरक्षित राष्ट्रहरूको प्राथमिकता हरेर बिस्तारै आगमन खुल्ला गर्ने सोच बनाएका छौु” टजले भने ।

यसअघि चाल्र्स डार्बिन विश्वविद्यालयले आफ्ना ७० जना विद्यार्थीहरूलाई पहिलो चरणको कार्यक्रम अन्र्तगत डार्बिन ल्याउने भएको छ । यो अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सुखद् समाचार हो । कोभिडको महामारीकाबीच अन्तर्राष्ट्रिय विद्यार्थी भित्राउने पहिलो राज्य डार्बिन बन्ने भएको । यस्तै साउथ अस्ट्रेलियाले पनि आफ्ना तीन सय अन्तर्राष्ट्रिय विद्यार्थी फिर्र्तीको लागि पहल गरिसकेको छ । ऊ राज्य सरकारको अन्तिम निर्णयको पर्खाइमा रहेको छ । न्यु साउथवेल्सको हकमा भने २०२१को प्रारम्भमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सुरक्षित तवरमा क्वारेन्टाइनसहित आगमन खुला गर्ने लक्ष्य रहेको कार्यक्रममा मन्त्री टजले बताए ।

करिब ६ लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययन गर्ने अस्ट्रेलियामा पछिल्लो आठ महिनामा मात्र कोरोनाका कारण अस्ट्रेलिया बन्द हुँदा एक लाख २० हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू अस्ट्रेलिया आउन पाएका छैनन् ।