झापामा आज थपिए ६० संक्रमित

भद्रपुर २४ कात्तिक । झापामा आज कोरोना संक्रमण बाट दुइ जनाले ज्यान गुमाएका छन् ज्यान युमाउनेमा दमक नगरपालिका १ का ४२ बर्षिण् पुरुष र बितामोड नगरपालिका ४ का ९२ बर्षिय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यसैगरी झापामा आज २४ महिलासहित ६० जनाम कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलयका फोकल पर्सन जीवन चौंलागाइंले जनाएका छन् । जसअनुसार, दमक नगरपालिकामा ९ महिला र ९ पुरुष, बिर्ताामोड नगरपालिकामा ६ महिला र ६ पुरुष, गौरादह नगरपालिकामा १ महिला र ३ पुरुष, मेचीनगरपालिकामा २ पुरुष, भद्रपुर नगरपालिकामा १ महिला, कनकाइ नगरपालिकामा २ महिला र २ पुरुष, अर्जुनधारा नगरपालिकामा १ महिला र १ पुरुष, बुद्घशान्ति गाउँपालिकामा २ पुरुष,गौरीगन्ज गाउँपालिकामा१ महिला, कचनकवल गाउँपालिकामा १ महिला र २ पुरुषशिवसताक्षी नगरपालिकामा १ पुरुष, कमल गाउँपालिकामा १ महिला र अन्यमा १ पुरुष रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार, झापामा आजसम्ममा कोरोना बाट ज्यान गुमाउनेको संख्या ६६ जना पुगेको छ भने सक्रिय संक्रमितको संख्या ९७० रहेको छ ।