अमेरिकामा प्रथम महिला उपराष्ट्रपति

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति पदको उम्मेदवार डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस निर्वाचित हुन पुगेकी छन् । कमला उक्त पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एसियन अमेरिकन हुन् ।

इन्डियन–जमैकन मूलकी क्यालिफोर्नियाकी सांसद उनले राष्ट्रपति उम्मेदवारका लागि बाइडेनलाई चुनौती दिएकी थिइन् । राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट पछि हटेपछि पनि सधैँ उनको नाम चर्चामा रहिरह्यो ।

क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनले देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गरिरहेकी थिइन् । अमेरिकामा पहिलो पटक महिला उपराष्ट्रपति निर्वाचित भएकी छन् । कमला ह्यारिसको बहुजातिय पहिचानले गर्दा यो पटक केही अरू कुराहरू पनि पहिलो पटक नै भएको छ ।

बाइडेनले ट्वीट गरेर कमला ह्यारिसलाई उप–राष्ट्रपतिको उम्मेदावर चयन गरेको बताउँदा आफूलाई गर्व लागेको ट्विटरमा लेखेका थिए । उनले कमलालाई ूबहादुर योद्धा र अमेरिकाकी सबैभन्दा उत्तम जनसेवकमध्ये एक भनेका थिए ।

५५ वर्षीया कमला ह्यारिस क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी हुन् । उनकी आमा भारतमा जन्मिएकी थिइन् भने पिता जमैकामा जन्मेका थिए । उनले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन् ।

—बीबीसीबाट