जवरजस्ती करणी गरेको आरोपमा व्यक्ति पक्राउ

भद्रपुर  २३ कात्तिक । महिलालाई जवरजस्ती करणी गरेको आरोपमा गौरीगंजका एक व्यक्ति आज पक्राउ परेका छन् । गौरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित गौरीगंज चौक दक्षिण ताजपुरिया फार्मेसी सञ्चालन गर्दै आएका अन्दाजी वर्ष ५० का पर्शुराम ताजपुरिया पक्राउ परेका हुन् । उनी गौरीगंज गाउँपालिका वार्ड नं. ४ कदमगाछीका बासिन्दा हुन् ।

असोज १९ गते कानको उपचार गर्न गएकी गौरीगंज गाउँपालिका वार्ड नं. ४ कि अन्दाजी ४० बर्षिया ती पिडित महिलालाई चेक जाँच गर्ने क्रममा योनाङ्गमा हात हाली जवरजस्ती करणी गरेको किटानी जाहेरी दिएपछि आरोपित ताजपुरियालाई पक्राउ गरिएको हो । घटना असोज १९ गते घटे पनि ईलाका प्रहरी कार्यालय गौरीगंजमा कार्तिक ८ गते मात्र घटना दर्ता भएको थियो ।

पिडक ताजपुरियाले त्यस्तो कुनै किसिमको ती महिलामाथि दुव्र्यवहार नगरेको भन्दै आएका थिए । मिलापत्र गर्ने भन्दै वार्ड नं. ४ मा छलफलसमेत भएको थियो । ईलाका प्रहरी कार्यालय गौरीगंजले अदालतबाट पक्राउ आदेश लिएपछि ताजपुरिया भने सम्पर्कविहिन भएका थिए । उनी आज आफै ईलाका प्रहरी कार्यालय गौरीगंजमा पुगि पक्राउ दिएका छन् ।