बिर्तामोड नगरपालिद्वारा देउसी—भैलोमा रोक

भद्रपुर २३ कात्तिक । बिर्तामोड नगरपालिकाले, कोभिड–१९ को संक्रमणको प्रकोप नगर क्षेत्रभित्रका समुदायमा दिनानुदिन वढेको भन्दै देउसी तथा नाचगानमा रोक लगाउने निर्णय गरेको छ । नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन नगर समन्वय समितिका संयोजक तथा नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा बसेको बैठकले रोकथाम र निणन्त्रका लागि विभिन्न निर्णय गरेको छ ।

सम्बन्धित वडाले व्यवस्थापन गर्ने गरी आउँदै गरेको दिपावली, छैठ, नेपाल सम्बत् जस्ता पर्वहरुमा भेला हुने, देउसीभैलो खेल्ने, नाचगान जस्ता सबै क्रियाकलापहरु सबै पक्षसँग समन्वय गरी बन्द गर्ने । चाडवाडलाई एकाघरमा मात्र सिमित गरी मनाउने । निःशुल्क पि.सि.आर टेष्टको लागि स्रोतको पहिचान गर्ने, हालको नगरको वस्तुगत स्थितिबारे जिल्ला कोरोना समन्वय समितिमा जानकारी दिदै झापा जिल्लालाई नै कोरोना संक्रमणको रोकथाम गर्न लकडाउन वा अन्य उपयुक्त विकल्पसहितको कार्यक्रम ल्याउन अनुरोध गर्ने । हाललाई राष्ट्रिय परिचय पत्र वितरण कार्यक्रम स्थगन गर्ने रहेका छन् ।