३ हजार ३०९ जनामा कोभिड-१९ को संक्रमण

काठमाडौं १९ कार्तिक । पछिल्लो २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ८२ हजार ९२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३८४४ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ४४ हजार ९७८ जना डिस्चार्ज भएका छन् ।