सात लाख बडीका अवैध सामग्री भन्सार बुझाइयो

भद्रपुर, १९ कार्तिक । प्रहरीले झापाको काकरभिट्टाबाट ७ लाख २१ हजार ७ सय मुल्य बराबरको अवैध सामग्री पक्राउ गरी भन्सार बुझाएको छ ।

इलाका प्रहरी कार्यालय काकरभिट्टाको टोलीले गस्ति गर्ने क्रममा भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली भित्र्याएका कपडा लगायत मोटर पार्टस् नियन्त्रणमा लिई मेची भन्सार कार्यालय बुझाएको हो ।

यसरी नियन्त्रणमा लिइएका सामग्रीहरुमा टप्स् कपडा, कुर्थी सेट, तन्ना, ढाकाको थान प्रिन्ट कपडा, टेम्पोको कल्ज तार, विभिन्न मोटर पार्टस् लगायत गरी ७ लाख २१ हजार ७ सय मुल्याङ्कन सहित भन्सार बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।