छ लाख पचास हजारको पटाका नियन्त्रणमा

भद्रपुर, १९ कार्तिक । झापा प्रहरीले झापाका विभिन्न स्थानबाट ६ लाख ५० हजार मुल्य बराबरको अवैध पटाका नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको पटाकालाई इलाका प्रहरी कार्यालय धुलावारीको टोलीले मेचीनगर १०, शान्तिसमाज टोलबाट ३ लाख ५० हजार, अर्जनुधारा ५ स्थित अमुरुबाट एक लाख र मेचीनगर ५, नक्कलवन्दाबाट २ लाख गरी ६ लाख ५० हजार बराबरको पटाका नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका पटाका प्रहरीका सम्वन्धित कार्यालयहरुमा राखिएको र अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।