जवरजस्ती करणी गरेको किटानी जाहेरी
गौरीगंज १६ कार्तिक । गौरीगंज गाउँपालिका वार्ड नं। ४ कदमगाछीकी एक महिलाले जवरजस्ती करणी गरेको किटानी जाहेरी दिएकी छन् । गौरीगंज गाउँपालिका वार्ड नं ३ स्थित गौरीगंज चौक दक्षिण ताजपुरिया फार्मेसी सञ्चालन गर्दै आएका अन्दाजी वर्ष ५० का पर्शुराम ताजपुरियामाथि किटानी जाहेरी दिएकी हुन् । हाल उनी सम्पर्कविहिन छन् । उनी गौरीगंज गाउँपालिका वार्ड नं। ४ कदमगाछीका बासिन्दा हुन् ।
असोज १९ गते कानको उपचार गर्न गएकी अन्दाजी ४० बर्षिय ती पिडित महिलालाई चेक जाँच गर्ने क्रममा योनाङ्गमा हात हाली जवरजस्ती करणी गरेको उजुरिमा उल्लेख गरिएको छ । घटना असोज १९ गते घटे पनि ईलाका प्रहरी कार्यालय गौरीगंजमा कार्तिक ८ गते मात्र घटना दर्ता भएको थियो । पिडक ताजपुरियाले त्यस्तो कुनै किसिमको ती महिलामाथि दुव्र्यवहार नगरेको भन्दै आएका थिए । मिलापत्र गर्ने भन्दै वार्ड नं. ४ मा छलफलसमेत भएको थियो ।
ईलाका प्रहरी कार्यालय गौरीगंजले अदालतबाट पक्राउ आदेश लिईसकेको छ । पिडक ताजपुरियालाई पक्राउ गर्न ईलाका प्रहरी कार्यालय गौरीगंजले खोजी कार्य गरिरहेको जनाएको छ । पिडित ती महिलालाई चौतर्फीरूपमा पिडक ताजपुरियासंग मिलापत्र गरि उजुरी फिर्ता लिनु भनी दबाब आईरहेको पिडित ती महिलाको परिवारले बताएका छन् ।
यसै विषयमा आज नेपाल महिला सशक्तीकरण गौरीगंजको बैठक बसेको छ । बैठकमा पिडक ताजपुरियालाई न्यायको कठघारामा उभ्याउने र ती पिडित महिलालाई न्याय दिलाउनका लागि आन्दोनलको तयारीसमेत हुने जनाईएको छ ।