मृत महिलाको शव भेटियो
उर्लाबारी १६ कार्तिक । झापाको पश्चिम सीमा जोडिएको मोरङको उर्लाबारीमा एक महिलाको विभत्स शव भेटिएको छ । उर्लाबारी नगरपालिका वडा नम्बर ४ आइतबारेस्थित सडकमा एक महिलाको नग्न अवस्थामा शव भेटिएको हो । प्रहरीका अनुसार अन्दाजी वर्ष ३० की देखिने ती महिलाको शनिवार साँझ विभत्स शव भेटिएको हो । गस्तीमा हिडेको प्रहरीले सानो पोको जस्तो देखेर हेर्दा महिलाको शव रहेको जनाएका छन ।
ती महिलालाई गाडीले ठक्कर दिएर मारेको हुन सक्ने प्रहरीको अनुमान छ । ती महिलाको पहिचान भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारे थप अनुसन्धान शुरु गरेको जनाएको छ ।