आइपिएलको १३ औं संस्करणको समिकरण
एजेन्सी
आइपिएलको १३ औं संस्करणको लिग राउन्डमा अहिलेसम्म ५२ खेल भइसकेका छन् । यसमा मुम्बई इन्डियन्स मात्र प्लेअफमा छनोट भएको छ । बाँकी तीन स्थानका लागि ६ टिम प्रतिस्पर्धामा छन् । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स पहिलेनै प्ले अफको रेसबाट बाहिरिसकेको छ यद्यपि सबै ८ टिमको समान १–१ खेल बाँकी छ ।
६ टिममा रोयल्स च्यालेन्जर्स बैंगलोर, दिल्ली क्यापिट्ल्स तथा सनराइजर्स हैदराबादको दाबेदारी बलियो छ । जहाँ बाँकी तीन टिम कोलकाता नाइटराइडर्स, राजस्थान रोयल्स तथा किंग्स इलाभेन पञ्जाबले पनि आफ्नो दाबेदारी कायम राखेको छ ।
दिल्ली तथा रोयल च्यानेन्जर्स बैंगलोरबीच हुने प्रतिस्पर्धामा जित्ने टिम नम्बर दुईमा पुग्ने छ । जहाँ हार्ने टिमले भने हैदराबाद र पञ्जाबको हारको कामना गर्नुपर्ने छ । अन्तिम खेलमा पञ्जाब र हैदराबाद पराजित भएमा भने दिल्ली र बैंगलोर दुवै प्ले अफमा पुग्नेछन्
यदि हैदराबादले आफ्नो अन्तिम खेलमा जित निकालेमा तेस्रो नम्बरमा पुग्ने छ । यो स्थितिमा पञ्जाबले पनि खेल जितेको खण्डमा प्लेअफमा पुग्ने चौथो टिम बन्नेछ । जहाँ दिल्ली र बैंग्लोरबीचको प्रतिस्पर्धामा हार्ने टिम प्ले अफ दौडबाट बाहिरिने छ ।
यदि हैदराबाद र पञ्जाबमध्ये कुनै एक टिमले मात्र जितेमा टिम तेस्रो नम्बरमा पुग्ने छ । यो स्थितिमा दिल्ली र बैंग्लोर भिडन्तमा पराजित हुने टिमले राजस्थान र कोलकाताबीच हुने खेलमा ठूलो अन्तरमा हारजित नहोस् भन्ने कामना गर्नुपर्ने हुन्छ, जसले नेट रन रेटमा हारका बाबजुत चौथो स्थानमा रहेर प्ले अफको सम्भावना बनाउने छ ।
पञ्जाबले अन्तिम खेलमा चेन्नईलाई कुनै पनि हालतमा हराउनै पर्ने छ । खेल जितेमा प्ले अफमा सम्भावना बलियो हुनेछ । अन्तिम खेलमा हैदराबाद हारेमा पञ्जाब सहज रुपमा प्लेअफमा पुग्ने छ, अन्यथा अन्य टिमको समीकरण पनि महत्वपूर्ण हुने छ ।
यता कोलकाता र राजस्थानबीच एक अर्काविरुद्ध हुने खेल गर या मरका रुपमा छ । यीमध्ये जुन टिमले जित्छ उसको प्ले अफमा सम्भावना कायम रहन्छ । हार्ने टिम बाहिरिने छ । जित्ने टिमले पनि पञ्जाब र हैदराबादको हारको कामना गर्नु पर्ने छ । यदि पञ्जाबले चेन्नईलाई पराजित गरेमा तेस्रो नम्बरमा उक्लने छ । यदि अन्तिम खेलमा हैदराबादले जितेमा हैदराबाद तेस्रो नम्बरमा पुग्ने छ । यस्तोमा कोलकाता र राजस्थानले प्ले अफमा पुग्न एकअर्काविरुद्ध फराकिलो जित निकाल्नुपर्ने छ । ताकि दिल्ली र बैंग्लोरबीचको खेलमा हार्ने टिमलाई नेट रनरेटमा पछि पार्न सकियोस । लिगमा अब चार वटा अन्तिम चरणका खेल बाँकी छन् ।