झापामा आज ३ को मृत्यु ७६ संक्रमित
भद्रपुर १६ कात्तिक । झापामा आज कोरोना संक्रमण बाट ३ जनाको मृत्यु भएको छ भने स्थानीय समुदायमा ७६ जना कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका ५ का ७२ बर्षिय पुरुष एक, गौरादह नगरपालिका ९ का ७४ बर्षिय पुरुष एक र शिवसताक्षी नगरपालिका २ का ३८ बर्षिय पुरुष एक गरी तीन जना रहेका सो कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, स्थानीय समुदायमा आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा, दमक नगरपालिकामा २० महिला र २५ पुरुष, कमल गाउँपालिकाका ४ महिला र ७ पुरुष, मेचीनगर नगरपालिकाका २ महिला र ४ पुरुष, बिर्तामोड नगरपालिकाका २ महिला र ३ पुरुष,गौरादह नगरपालिकाका १महिला र २ पुरुष, शिवसताक्षी नगरपालिकाका १ पुरुष र १ महिला , कनकाइ नगरपालिकामा १ पुरुष, अर्जुनधारा नगरपालिकामा १ पुरुष, बाह्रदशी गाउँपालिकामा १ महिला र बुद्घशान्ति गाउँपालिकाका १ पुरुष रहेकाछन् ।
झापामा आजसम्म कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या ४६ पुगेको सवस्थ्य कार्यालयले जनाएको छ ।