एक लाख मूल्य बराबरको पटका बरामद
भद्रपुर १३ कात्तिक । सीमा प्रहरी चौकी केचनाबाट खटिएको प्रहरी टोलीले आज ११ बजे भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली ल्याएको बिभिन्न आईटमका पटका बरामद गरेका छ ।
जिल्ला प्रहरी कार्यालय झापाले बताए अनुसार, पटका ल्याउदै गरेको अवस्थामा प्रहरीलाई देखि ल्याउनेहरु पटका फाली फरार भएका थिए । उक्त पटका अन्दाजि रु १,००,०००।–(एक लाख) बराबरको बरामद गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागी सिमा प्रहरी चौकी केचनामा राखिएको जनाइएको छ ।