नगरपालिका प्रमुख विमल आचार्य किन्स हस्पिटलमा भर्ना

भद्रपुर १३ कात्तिक । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भारतको पश्चिम बंगालस्थित सिलगुडीको किन्स हस्पिटलमा भर्ना गरिएको छ । कोरोना संक्रमण भएपछि विराटनगरको नोबेल मेडिकल अस्पतालमा उपचार गराइरहेका आचार्य डिस्चार्ज भएको केही घण्टाभित्रै किन्स हस्पिटल भर्ना भएका हुन् ।

नगर प्रमुख आचार्यको फोक्सोमा असर देखिएपछि सिलगुडी लगिएको परिवारले सूत्रले जनाएको छ । उनी दुई सातादेखि नोवेल मेडिकल अस्पतालमा उपचार गराइरहेका थिए । पिसिआर रिपोर्ट नेगेटिभ आएका उनलाई थप उपचारका लागि भारतको सिलगुडी लगिएको हो । अहिले उनलाई डाक्टर शेखर चक्रवती सहितको टिमले हेरिरहेको जनाइएको छ ।