आज देशभरमा २३६४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं १३ कात्तिक । बितेको २४ घण्टामा थप २३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टिभएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ हजार ७६९ जनाको पीसीआर परीक्षण भएको छ । यससँगै हालसम्म पीसीआर परीक्षण संख्या १४ लाख १९ हजार ६४ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर कुल १ लाख ६४ हजार ७१८ जना संक्रमित रहेकोमा १ लाख २४ हजार ८६२ जना निको भएका छन् । हाल देशभर ३८ हजार ९५२ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ९०४ पुगेको छ ।