झापामा आज ३५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ
भद्रपुर १३ कात्तिक । आज झापाका ६ स्थानीय तहका ३५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसमा १० महिला र २५ पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार, कनकाइ नगरपालिकामा ५ महिला १५ पुरुष, भद्रपुर नगरपालिकामा ४ महिला र ६ पुरुष, दमक नगरपालिकामा २ पुरुष, मेचीनगर नगरपालिकामा १ पुरुष, बिर्तामोड नगरपालिकामा १ पुरुष र कमल गाउँ पालिकामा १ महिला रहेकाछन् ।
कोरोना संक्रमण बाट झापामा आजसम्ममा ३१ जनाले ज्यानगुमाइसकेका सो कार्यालयले जनाएको छ ।