झापामा आज ९ जना संक्रमित थपिए ः ४ जनाको मृत्यु

भद्रपुर ११ कात्तिक । झापामा आज ४ स्थनीय तहमा ९ जना संक्रमित थपिए भने ४ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कायालय झापाले दिएको जानकारी अनुसार, संक्रमित हुनेहरुमा, दमक नगरपालिकामा दुइ पुरुष, बिर्तामोड नगरपालिकामा दुइ महिला दुइ पुरुष, कमल गाउँपालिकामा एक महिला रगौरादह नगरपालिकामा दुइ महिला रहेका छन् ।

यसैगरी मृत्यु हुनेहरुमा, दमक नगरपालिकाका ९७ र ५० बषिर्य दुइ पुरुष, कमल गाउँपालिकाकी ८३ बर्षीया एक महिला र गौरादह नगरपालिकाका ८० बर्षिय एक पुरुष रहेका स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसंगै झापामा कोरोना बाट ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।