आइपिएल को १३ औं संस्करणमा सम्भाबित नतिजा

एजेन्सी

इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करणमा शनिबार भएका दुई खेलपछि शीर्ष चारको अवस्था क्लियर हुँदै गएको छ । पन्जाबले हैदरावादलाई रोमाञ्चक भिडन्तमा पाखा लगाउँदै प्ले अफमा सम्भावना कायम राख्दा मुम्बईले शीर्ष स्थानमा १४ अंकका साथ आफूलाई उभ्याइरहेको छ । त्यस्तै दिल्ली क्यापिटल्स पनि समान १४ अंकका साथ दोस्रो नम्बरमा रहँदा नेट रनरेटमा मात्र मुम्बईभन्दा पछि छ । रोयल्स च्यालेन्जर्स बैंग्लोरले पनि १० मध्ये ७ खेलमा जित निकालेकाले समान १४ अंक छ । उसको दिल्लीभन्दा नेट रनरेट कम भएकाले समान अंक भए पनि तेस्रो नम्बरमा छ ।

पछिल्ला केही खेलमा निराशाजनक प्रदर्शनपछि केकेआर १२ अंकसहित चौंथो स्थानमा छ । लगातार चार जित निकालेको पञ्जावले आफूलाई प्रतियोगितामा बलियो बनाइराखेको छ । १० अंकका साथ पाँचौं नम्बरमा छ । त्यसैले शीर्ष चारमा यिनै पाँच टिमको दबदबा देखिने छ ।

सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स लगभग प्रतियोगिताबाट बाहिरिएका छन् । जसमा चेन्नई आउट हुँदा राजस्थान हैदरावादको पनि गणितीय सम्भावना मात्रै बाँकी छ । हैदरावादको ८ अंक हुँदा राजस्थानको पनि समान ८ अंक छ । नेटरनरेटमा राजस्थानपछि रहँदा सातौं स्थानमा रहेको हो । चेन्नई ६ अंकका साथ लिग अंक तालिकाको पुछारमा छ ।

ओरेन्ज क्यापको रेसमा केएल राहुलले आफ्नो अग्रता कायम राखेका छन्। केएल राहुलले प्रतियोगितामा ५ सय ६७ रन बनाउँदा शीर्ष स्थानमा रहँदै ओरेन्ज क्यापको दबाबा कायम राखेका छन् । लगातार दुई शतक प्रहार गरेका शिखर धवनले अहिलेसम्म खेलेका ११ खेलमा ४ सय ७१ रन बनाएका छन् । उनले राहुलमाथि चुनौती बढाएका छन् । मयंक अग्रवाल ३ सय ९८ रन सहित तेस्रो स्थानमा छन् ।

पर्पल क्यापको दाबेदारीमा कागिसो रबाडाको रवाफ कायम छ । उनको आसपासमा कुनै पनि बलर छैनन् । रबाडाले ११ खेलमा २३ विकेट लिएका छन् । दोस्रो नम्बरमा जसप्रित बुमराह छन् । उनको १० खेलमा १७ विकेट रहेको छ । त्यस्तै मोहमद सामीले ११ खेलमा बुमराह समान १७ विकेट नै लिएका छन् । उनी पर्पल क्यापको रेसमा तेस्रो नम्बरमा छन् ।