युवाहरूको संस्थाद्वारा सरसफाई कार्यक्रम सम्पन्न
गौरीगंज ८ कार्तिक । पछिल्लो समयमा सामाजिक कार्यमा सक्रिय युवाहरूको संस्था खजुरगाछी गौरीगंज समाजसेवी युवा संघले सतेचना तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । गौरीगंज गाउँपालिका वार्ड नं। ६ खजुरगाछी बजार, मठ मन्दिर, सार्वजनिक स्थलहरूमा संस्थाले शुक्रवार सरसफाई गरेको हो । चाडपर्वका मुखमा संस्थाद्वारा गरिएको सरसफाईले केही वजार क्षेत्र सफा सुग्घर देखिनुका साथै वरिवपरिको वातावरणसमेत स्वच्छ भएको छ ।
संस्थाका अध्यक्ष रोशन यादवको अध्यक्षतामा भएको सरसफाई कार्यक्रममा गौरीगंज गाउँपालिका वार्ड नं। ३ का अध्यक्ष मखना महतो, ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेश रेग्मी, अस्थायी ट्राफिक कार्यालय गौरीगंजका ईन्जार्च साजन कार्कीलगायतको विभिन्न संघ संस्थाहरूको प्रतिनिधिहरूको सहभागिता थियो । विहान करिब ७ बजे नै सरसफाईका लागि उपस्थित भएका संस्थाका सदस्यहरू संस्थाको लोगो अंकित भेष्टमा निकै उत्साहित देखिन्थे । संस्थाका अध्यक्ष यादवले सम्पुर्ण वडावासी तथा नेपालीहरूको महान पर्व दशै, तिहर तथा छठको शुभकामना मन्तव्य राखेका थिए ।
हालै जिल्ला प्रशासन कार्यालय झापाबाट दर्ता भई औपचारिकरूपमा विभिन्न सामाजिक कार्यक्रमहरू गर्दै आएको संस्थाका उपाध्यक्ष निरज माञ्जीले बताए । यसअघि पनि संस्थाले गौरीगंज – ३ को बजार क्षेत्र तथा चौकमा सरसफाई गरेको थियो ।
संस्थाको अध्यक्षमा रोशन यादव, उपाध्यक्षमा निरज माञ्जी, कोषाध्यक्षमा गोमा भुजेल, सचिवमा जितेन पौदार, सहसचिवमा मनोज राजवंशीसहित १३ सदस्य छन् ।