देशभरमा आज ४४९९ जना संक्रमित थपिए

काठमाडौँ ७ कात्तिक । देशभर पछिल्लो २४ घण्टामा चार हजार ४९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ५३ हजार ८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप दुई हजार ६६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५ हजार ४८८ पुगेको छ । हाल संक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १७ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ८२९ पुगेको छ ।