सरकार बिरुद्ध २२ दलको प्रर्दशन
काठमाडौं ६ कात्तिक । काठमाडौंको माइतीघरमा २२ वटा दलले विभिन्न माग राख्दै सरकारविरुद्ध प्रदर्शन गरेका छन् । पछिल्लो समय सरकारका काम कारबाहीको विरोध जनाउँदै २२ दलले संयुक्त रूपमा नाराबाजी गर्दै काठमाडौंको माइतीघरमा आज (बिहीबार) विरोध प्रदर्शन गरेका हुन् । आन्दोलनकारीहरुले वर्तमान सरकार मुर्दावाद भन्दै माइतीघरमा नाराबाजी गरेका थिए ।
सरकारले निस्शुल्क रूपमा पीसीआर टेस्ट गर्नुपर्ने, पछिल्लो समय महिलामाथि बढेको बलात्कार र हिंसाको न्यूनीकरण हुनुपर्ने, कालापानी, लिम्पियाधुरा र सुस्तामा लुटिएको नेपाली भूमि फिर्ता, राष्ट्र हितविपरीतको एमसीसी खारेजी र कोभिड(१९ का बिरामीको निशुल्क उपचारको मागसहित प्लेकार्ड बोकेर प्रदर्शन गरिएको थियो ।