गुप्तचर प्रमुखसँग प्रधानमन्त्रीको वार्ता कूटनीतिक मर्यादा विपरीत

काठमाडौं ६ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री भीम रावलले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयललाई भेटेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् ।

रावलले प्रधानमन्त्रीको यस कदमललाई आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीतको भनेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्ति जारी गरेर गोयलसँग बुधवार राति भेट भएको पुष्टि गरेपछि रावलले कडा आपत्ति जनाएका हुन् ।

नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाकोविपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग प्रधानमन्त्रीको वार्ता र भ्रमण आपत्तिजनक र कूटनीतिक मर्यादा विपरीत रहेको उनले बताए ।