सांसद धर्मशिला चापागाईंले दशैं खर्च रकम झापाका दुई संस्थालाई प्रदान

भद्रपुर ३ कात्तिक । संघीय सांसद धर्मशिला चापागाँईले दशैं खर्च वापत सरकारबाट प्राप्त रकम झापाका दुई संस्थालाई प्रदान गर्ने निर्णय गर्नुभएको छ । कोरोना संक्रमण जोखिमका कारण जनता सडकमा भोकभोकै रहेका बेला सांसदले दशैं भत्ता लिनुहुन्न भन्ने उनको सोच रहेका छ ।

सांसद चापागाँईले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै झापाली महिला पत्रकारकोे छाता संगठन नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोष र शहिद प्रतिष्ठान नेपाल शाखा कार्यालय विर्तामोडलाई आधा आधा रकम उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

नेपाल सरकारले संघीय संसद सचिवालय मार्फत सांसदलाई उपलब्ध गराएको दशैं भत्ता बापतको रकम सबैले एकठाउँमा जम्मा गरेर अत्यावस्यक काममा लगाउँन आह््वान गर्नुभएको थियो । उक्त कुरामा सांसदहरुबीच कुनै पनि ठोस निर्णय हुन नसकेपछि उहाँले गृह नगरमा क्रियाशिल दुई संस्थालाई उपलब्ध गराउने निर्णयमा पुग्नु भएको हो ।

सरकारले संघीय सांसदलाई मासिक तलबको एकमहिनाको तबल बराबरको रकम दशैं भत्ता वापत खर्च उपलब्ध गराएको थियो ।