हल्दिबारीमा तीनदिने उद्घोषण तालिम सम्पन्न

भद्रपुर ३ कात्तिक । झापाको हल्दिबारी गाउँपालिकामा सञ्चालित तिनदिने उद्घोषण तालिमको सोमबार शुभकामना आदान–प्रदान कार्यक्रमसहित सम्पन्न भएको छ ।

हल्दिवारी–५ स्थित नेपाल विद्यार्थी संघ वडा समितिद्वारा आयोजित तालिममा सहभागिहरुलाई कार्यक्रमका प्रमुख आतिथि नेपाली कांग्रेस क्षेत्र नं।–३ का सभापति गणेश पोखरेल, विशिष्ट अतिथि कांग्रेस झापाका सल्लाहकार सदस्य भूपाल बस्नेत, जिल्ला सदस्य पुस्तकराज नेपाल, रेवतिरमण नेपाल, बडाराम हेमरम, हल्दिबारी –४ का वडाध्यक्ष होम चुडाल लगायतले प्रमाण पत्र वितरण गरेका थिए ।

सोही अवसरमा तालिमका प्रशिक्षक देवीका अधिकारीलाई प्रमुख अतिथि पोखरेलले सम्मान पत्र समेत प्रदान गर्नुभएको थियो ।

पार्टी वडा सभापति देवीप्रसाद दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा हल्दिबारी गाउँ सभापती दिलिपकुमार माबो, नेपाल विद्यार्थी संघका पारस तिम्सिना, कृष्ण प्रसाइ, भिम फ्याक, सुबास बाराकोटी लगायतले नजिकिंदै गरेको बडादशैंको शुभकामना मन्तव्य राख्दै कोरोनाबाट बच्नका लागि सुरक्षित हुन आह््वान गर्नुभएको थियो ।