आइसोलेसन सरकार
भद्रपुर ३ कात्तिक । कोरोना संक्रमितको उपचार र परीक्षणबापत लाग्ने शुल्क व्यक्ति आफैंले गर्नुपर्ने सरकारको निर्णयको नेपाली कांग्रेसका नेता गगन थापाले विरोध गरेका छन् । सोमबार एक ट्विट लेख्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले हरेक दिन खुद्राखुद्रामा निर्णय गर्नुभन्दा सरकार नै संक्रमित भएर आइसोलेसनमा रहेको भनिदिए हुने लेखेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा कोरोनाको उपचार र परीक्षण व्यक्ति आफैंले गर्नुपर्ने बताएको थियो । सरकारले गरेको यसखाले निर्णयको अहिले चौतर्फी विरोध भइरहेको छ ।
साथै कोरोना रोकथाममा सरकारले हात उठाएको र सरकार असफल भइसकेको प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाउँदै आएको छ ।