नयाँ प्रहरी भर्नाका लागि आवेदन खुला

भद्रपुर २ कात्तिक । नेपाल प्रहरीले पाँच हजार बढी नयाँ प्रहरीका लागि आवेदन खुला गरेको छ । प्रहरी प्रधान कार्यालयले विज्ञापन खुलाउँदै कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पाँच हजार दुई सय २७ जना नयाँ प्रहरी जवान –जनपद) का लागि आवेदन खुलाएको हो ।

जसमध्ये खुलातर्फ दुई हजार आठ सय १७ कोटा छ भने अरू समावेशीतर्फ रहेका छन् । समावेशीतर्फ सबैभन्दा धेरै कोटा आदिवासी जनजातिका लागि सात सय ३७ वटा कोटा छ । महिलातर्फ चार सय ४१ जना मागेको छ ।

कात्तिक १६ गतेदेखि मंसिर २३ भित्र इच्छुकले फारम भरिसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिनेछ । दरखास्त फारमको एक सय ५० दस्तुर लाग्ने छ ।