दहीले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ

एजेन्सी

दही बहु उपयोगी खानेकुरा हो । पर्याप्त पौष्टिक तत्वले भरिएको दहीमा क्याल्सियम, प्रोटिन र भिटामिन पाइन्छ । यसको सेवनले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । दहीलाई फरक–फरक तरिकाले प्रयोग गर्नाले यसबाट धेरै किसिमका स्वास्थ्य समस्याबाट छुटकारा पाउन सकिन्छ ।

पसिनाको दुर्गन्धबाट राहत ः— पसिनाको दुर्गन्धको समस्या भएका मानिसहरुले दही र बेसनको मिक्सचरबाट शरीर मालिस गरी केही समयपछि नुहाउनाले समस्याबाट छुटकारा पाउन सकिन्छ ।

हड्डी बलियो बनाउँछ ः— दहीको नियमित सेवनले हाम्रो शरीरमा हुने हड्डीहरुलाई मजबुत बनाउन मद्दत गर्छ । दहीमा प्रशस्त मात्रामा उपलब्ध हुने क्याल्सियमले हड्डी मजबुत बनाउन सहयोग गर्छ ।

मुटुसम्बन्धी समस्यामा उपयोगी ः— दहीले हाम्रो शरीरमा रहेको कोलेस्ट्रोल कम गर्न सहयोग गर्छ । यसले गर्दा मुटुसम्बन्धी समस्याको खतरा कम हुन्छ ।

जोर्नीको दुखाइमा राहत ः— दहीलाई हींगसँग मिलाएर खानाले जोर्नीको दुखाइबाट राहत पाउन सकिन्छ ।

पाचन प्रक्रियामा सुधार ः— दहीमा प्राप्त हुने सुगर एसिडले हाम्रो शरीरको पाचन प्रक्रियालाई बलियो बनाउन सहयोग गर्छ । जसले गर्दा पाचन प्रक्रियालाई नियमित बनाउँछ ।तौल बढाउन सहयोगी ः— दहीमा किसमिस वा बदाम मिलाएर खानाले तौल कम हुनेहरुलाई तौल बढाउन मद्दत गर्छ ।

स्किनलाई चमकदार बनाउँछ ः— दहीमा कागतीको रस मिलाएर शरीरमा लगाउनाले छालालाई चम्किलो र आकर्षक बनाउँछ ।

कपालका लागि उपयोगी ः— कपाललाई पाँच मिनेटसम्म दहीले मालिस गरेर नुहाउनाले कपाल चम्किलो र सिल्की बन्छ ।

चायाँ हटाउन सहयोगी ः— दहीमा मरिचको धूलो मिसाएर टाउको नुहाउनाले चायाँको समस्याबाट छुटकारा पाउन सकिन्छ । सातामा दुई पटक दही र मरिचको धूलो मिसाएर नुहाउनाले चायाँबाट उल्लेख्य रुपमा छुटकारा पाउन सकिन्छ ।

निद्रासम्बन्धी समस्याबाट छुटकारा ः— दैनिक एक कचौरा दही खानाले निद्रा नलाग्ने समस्याबाट छुटकारा मिल्छ ।