शिक्षक निस्काशन विवाद समाधान भयो
भद्रपुर, २९ असोज । भद्रपुर ५ स्थित सिद्धार्थ शिशु सदनको शिक्षक निस्काशन विवाद सहमतीमा टुंगिएको छ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिको पहलमा विद्यालयका संस्थापक श्याम देवान र पीडित शिक्षक बीच सहमतीपछि विवाद अन्त्य भएको हो ।
शैक्षिक वर्ष २०७६ बाट विद्यालयमा काम गरिरहेकी शिक्षक सुजता ठकुरीलाई शैक्षिक वर्ष २०७७ सुरू भएको एक महिना बित्न लाग्दा पनि काममा नबोलाइएपछि खोजी गर्ने क्रममा निस्काशन गरिएको पाइएपछि विवाद बढेको थियो ।
विवाद समाधानका लागि आज विद्यालयमा भएको छलफलबाट निकाश निस्केको हो । नीतिगत रूपमा भएका कमजोरी सच्ने वातावरण निर्माण भए पश्चात सो विवाद सधैंका लागि अन्त्य भएको छ ।